logo

कलैयालाई उपमहानगर बनाउन माग गर्दै रिले अनशन शुरु

कलैयालाई उपमहानगर बनाउन माग गर्दै रिले अनशन शुरु

      1/19/2017 गते 00 00 मा प्रकाशित     1420   पटक पढिएको

कलैया ६ माघ । कलैयालाई उपमहानगरपालिका बनाउन माग गर्दै बिहिवारबाट कलैयामा रिले अनशन शुरु गरिएको छ । कलैयालाई उपमहानगर बनाउने मागको अगुवाई भने बलैया उधोग बाणिज्यसंघले गरेको छ । उपमहानगर बनाउनु पर्ने माग राखेर शुरु भएको आन्दोलनमा बिहिवार देखी संघका कार्यवाहक अध्यक्ष बिनोद बरैको नेतृत्वमा कलैयामा रिले अनशन शुरु भएको हो ।

स्थानीय निकायको तह निर्धारण गर्न बनेको स्थानीय तह पूर्नसंरचना आयोगले बारको सदरमुकाम र पुरानो नगरपालिकाको स्तरोउन्नती गरेर उपमहानगर बनाउनुको साटो नयाँ क्षेत्रलाई उपमहानगर बनाएको भन्दै संघको नेतृत्वमा कलैयाबासी आन्दोलनमा उत्रेका हुन । संघको नेतृत्वमा कलैयामा रहेका नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लयातका दलका कार्यकर्ताहरु पनि आन्दोलनमा सहभागि भएका छन । कलैया नगरपालिकामा अहिले २५ वटा वडाहरु रहेका छन ।

कलैयालाई उपमहानगर बनाउदा राष्ट्रीय सभाकालागि हुने निर्वाचनमा मतदाता संख्या घटने भएकोले कलैया उपमहानगर बन्न नसकेको स्रोतको भनाई छ । त्यस क्षेत्रबाट नेतृत्व गर्ने जनप्रतिनिधिको अनिच्छाका कारण कलैया नगरपालिकामा सिमिति रहेको चर्चा पनि आन्दोलनसगै हुन थालेको छ । उपमहानगर बनाउदा अन्य गाविसहरु पनि समावेश हुने र राष्ट्रीय सभाकालागि हुने मतदानमा गाविस हुदा वडाध्यक्षले समेत भोट हाल्न पाउदा ९ वडाध्यक्षले भोट हाल्ने अवस्था हुने र उपमहानगरपालिका हुदा एक जना वडाध्यक्षले भोट हाल्ने अवस्था आउदा मतदाता संख्या घटने भएकोले जनप्रतिनिधिहरुले उपमहानगर बनाउन जाँगर नदेखाएको आयोग स्रोतले जनायो । अहिले स्थानीयले उपमहानगर बनाउने जोडदार माग गरेपछि नेताहरु तीन चीत खादै आन्दोलनको कित्तामा उभिन पुगेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.