logo

संगीता र रमेशहरुलाई डर छ, समाजको

संगीता र रमेशहरुलाई डर छ, समाजको

      1/22/2017 गते 00 00 मा प्रकाशित     5191   पटक पढिएको
<header>

संगीता र रमेशहरुलाई डर छ, समाजको

क्रान्ति पराजुली -

</header>

‘तिमीसँग पहिले नै भेट हुनुपथ्र्यो भगवान्ले किन कन्जुस्याईँ गर्यो होला ?’ रमेशले संगीतालाई भने ।
‘यहि कुराले त मलाई सधैँ पीडा दिन्छ, तपाईँको बिवाह नभई भेट भएको भए सबै कुरा सही हुने थियो ।’

रमेश र संगीता आफ्ना धेरै भेटहरुमा यस्तै गुनासा साट्ने गर्छन् । यी भनाईले देखाउँछ कि, उनीहरु एकअर्कालाई प्रेम गर्छन् । रमेश विवाहित हुन् भने संगीता विधवा । रमेश आफ्नो वैवाहिक जीवनमा खुशी नभएको गुनासो पोख्छन् र संगीतासँग मात्र आफ्नो मन मिल्ने बताउछन् ।

पहिलो श्रीमती हुँदा हुँदै संगीतासँग नजिकिनु ठीक होइन रमेश, तिमी आफै सामाजिक अभियन्ता भएर सामाजिक न्यायको क्षेत्रमा काम गर्ने मान्छे । रमेशलाई सम्झाउने प्रयासमा प्राय म भन्छु ।

‘दोस्रो विवाह अर्थात दोस्रो सम्बन्ध कसैको रहरको विषय होइन, यो वाध्यता हो । पहिलो श्रीमतीसँग एउटै घरमा बस्न नसक्ने भएर मात्र म संगीतासँग नजिक हुन पुगेको हुँ’ उनको भनाई हुने गर्छ ‘श्रीमतीले आफ्नो जिद्दिपना छोडेर मलाई बुझिदिने प्रयास मात्र गरेको भए यो सब हुने थिएन ।’

संगीता चाहिँ समाजलाई दोषी देखाउदै भन्छिन् “यो समाजका कारण हामी मन मिल्ने भएर पनि एक हुन सकेका छैनौँ । हाम्रो सम्बन्धलाई अनैतिक भन्छ समाजले तर हामी एकअर्कामा मात्र खुशी हुन सक्छौँ ।”

रमेश व्यापारी हुन् भने संगीता व्यूटिसियन । ३ वर्ष पहिले संगीताको श्रीमानको गाडी एक्सिडेण्टमा मृत्यू भएको थियो ।
झण्डै ६ महिना पहिलेदेखि रमेश र संगीताको प्रेम झाँगिदै छ । एक दिन संगीताको व्यूटिपार्लरमा ५ जना गुण्डाहरु सहित एक महिला आइन् । रमेशसँग टाढा नभए मार्ने धम्की दिएर उनको पार्लर समेत तोडफोड गरेर फर्किए उनीहरु । पछि थाह भयो गुण्डाहरु पठाउने रमेश कै श्रीमती रहिछन् ।

त्यसपछि रमेशसँग टाढा हुने प्रयास गरिन् संगीताले तर मन मिले पछि कस्को के लाग्दो रहेछ र । अहिले संगीताले व्यूटिपार्लर छाडेकि छन् । झन पछि झन उनीहरुको प्रेम गाढा हुदै गएको छ । रमेशले नयाँ बानेश्वमा एउटा आधुनिक फ्लाट लिएर संगीतालाई राखेका छन् । उनी फुर्सदको समय संगीतासँग त्यहीँ बिताउने गर्छन् । ‘म संगीतासँग प्रेम गर्छु, प्रेमभन्दा ठूलो अरु के हुन्छ र ? जस्तो सुकै खतरा मोलेर पनि म संगीतालाई खतराबाट मुक्त गराउँछु’ रमेशको भनाई छ ।

आफ्नो लोग्ने अरु महिलासँग नजिक हुँदा आइमाईहरुमा ईष्र्या जाग्नु स्वभाविक नै हो । यो बेग्लै हो कि, रमेशले आफ्नी श्रीमतीलाई पनि सामाजिक न्यायबाट टाढा राखेको छैन । उसले आफ्नो सम्पत्तिमा समान अधिकार दिएको छ ।

‘प्रेम भनेको चाहेर या नचाहेर हुने होइन, त्यसैले कसैले जवर्जस्ती छुटाउन खोज्दा पनि नछुटिने रहेछ’ संगीता भन्छिन् ।

‘आफूले दुःख गरेर अहिलेसम्म कमाएको आफ्नो प्रतिष्ठालाई किन दाउमा राख्छौ ?’ म बारम्बार रमेशलाई सम्झाउँछु ।
‘प्रेम बिना मान्छे बाँच्नै सक्दैन । हरेक मान्छेले कोही न कोहीसँग प्रेम गर्छ र मात्र बाँचेको हुन्छ । पहिले म रक्सीसँग प्रेम गर्थेँ । रक्सी बिना म बाँच्न सक्दिन भन्ने लाग्थ्यो । जब संगीतासँग प्रेम भयो मैले रक्सी मात्र होइन सम्र्पूण बानी सुधारेँ, जस्तो संगीता चाहन्थिन् । अहिले मेरो स्वास्थ एकदमै सुध्रिएको छ । अब तिमी भन्छौ संगीतासँग पनि टाढा हौँ ? यो सम्भव छैन’ उसको जवाफ हुन्छ ।

आफ्नो लोग्ने अरु महिलासँग नजिक हुँदा आइमाईहरुमा ईष्र्या जाग्नु स्वभाविक नै हो । यो बेग्लै हो कि, रमेशले आफ्नी श्रीमतीलाई पनि सामाजिक न्यायबाट टाढा राखेको छैन । उसले आफ्नो सम्पत्तिमा समान अधिकार दिएको छ । छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिइरहेको छ । तर, महिलाहरु पुरुषको स्वामित्वका वस्तुजस्ता हुने र पुरुषमै निर्भर हुने भएकाले दुवै रमेशमाथि निर्भर छन् । यहि कारण एक्लो र अरुरक्षित हुने डरले रमेशकी श्रीमती घरीघरी विद्रोहमा उत्रिन्छिन् । उनी रमेशलाई होइन संगीतालाई आफ्नो प्रतिद्वन्द्वी ठान्छिन् । असन्तुष्टि, आक्रोस, अभाव जस्ता विषय जम्मा भएर उनलाई भित्रभित्रै जलाइरहेको देखिन्छ ।

जबसम्म पुरुषबाट विविध आवश्यकता पूर्तिको लागि निर्भर रहनु पर्ने हुन्छ तबसम्म यस्ता मनोवैज्ञानिक समस्याबाट महिला आफै पीडित बन्नु पर्ने हुन्छ ।

म कहिलेकाहिँ सम्झिने गर्छु महिलावादी समाज भएको भए र पुरुषहरु पनि महिलामाथि निर्भर हुनु परेको भए सायद महिलाले माथि भोगेका समस्या पुरुषले भोग्नु पथ्र्यो होला ।

मानिस यस्तो प्राणी हो उसका ईच्छा असीमित हुन्छन् । प्राकृतिक रुपमै असन्तुष्ट देखिएको मानिसका ईच्छाहरु पूर्ति गर्ने कुरालालाई सन्तुलनमा राख्न नियन्त्रणकारी भूमिकाको आवश्यकता पर्छ र यस्तो नियन्त्रणकारी भूमिका समाजले निर्वाह गर्ने गर्छ । माथिको उदाहरणमा रमेश र संगीता केवल समाजको डरले विवाहमा बाँधिन सकेका छैनन् । मानिस समाजले औँला उठाउछ भन्ने डरले थुप्रै काम गर्नबाट पछि हट्ने गर्छ । सुव्यवस्थित समाजले समाजभित्र सामाजिक नियन्त्रण गर्छ जसले व्यक्तिका प्रवृत्तिमाथि सीमा निर्धारण गरेको हुन्छ ।

समाजशास्त्री इमाइल दुर्खिमका अनुसार “सामाजिक तथ्यहरु व्यक्तिका लागि बाह्य मात्र हुदैनन् तर तिनीहरु बाध्यकारी शक्तिका साथ रहने र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र इच्छामाथि लादिएका हुन्छन् ।”

आमरुपमा आफूअनुकुल समाज हुनुपर्छ भन्ने मान्छेहरुको धारणा रहेको पाइन्छ । चेतना सामाजिक परिवेशबाट अलग्गै पैदा हुदैन । लगातार हुने सामाजिक अन्तक्रियाले मानिसमा चेतना निर्धारण गर्ने हो ।

आमरुपमा आफूअनुकुल समाज हुनुपर्छ भन्ने मान्छेहरुको धारणा रहेको पाइन्छ । चेतना सामाजिक परिवेशबाट अलग्गै पैदा हुदैन । लगातार हुने सामाजिक अन्तक्रियाले मानिसमा चेतना निर्धारण गर्ने हो । व्यक्ति र समाजको छुट्टै अस्तित्व नहुने उल्लेख गर्दै चाल्र्स हर्टन कुले भनेका छन् “आफूको निर्माण अन्य व्यक्तिहरु वा समाजको बीचबाट हुने गर्छ । म को हुँ भनेर बुझ्न समाजलाई ऐना मानेर आफूलाई नियाल्नु पर्ने हुन्छ । अर्थात “आफू” को उत्पत्ति समाजबाट अलग्गै रहेर हुन सक्दैन । आफू र समाज जुम्ल्याहा हुन् । यस्तो जोडले आफू र समाजबीचको नछुट्टिने मेललाई इङ्कित गर्दछ ।’

समाज र व्यक्तिहरुले छुट्टाछुट्टै कुरालाई निर्देश गर्दैनन् । जब हामी समाजको कुरा गर्छौ त्यहाँ संलग्न मानिसहरु प्रति हाम्रो ध्यान केन्द्रित हुन्छ । यद्यपि, जब हामी व्यक्तिहरुको कुरा गर्छौँ तब हामी सामान्य पक्षलाई बेवास्ता गर्दै तिनीहरु अलग्गै हुन् भन्ने तरिकाले सोच्ने गर्छौँ । त्यसैले एउटा सचेत प्राणीको रुपमा मान्छेले आफ्नो समाजलाई सुव्यवस्थित र मितव्ययी बनाउन समाजका नियमहरुलाई पालना गर्न सक्नु पर्छ । यस्तो नभएको खण्डमा मानिस र जनावरबीच केही भिन्नता रहने छैन ।आठैप्रहर.कमबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

समाज

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.