logo

इजाजत बिना हार्डवेयरका सामान बिक्री बितरण गर्ने जय माता दी ट्रेडर्सलाई पचास हजार दण्ड

      7/5/2021 गते 00 00 मा प्रकाशित     1007   पटक पढिएको

वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साको अनुगमन टोलीले एक ब्यापारिक प्रतिष्ठानलाई ५० हजार रुपैया जरिवाना गरेको छ । 

 


कवाडीको कारोवार गर्न इजजात लिएर हार्डवेयरको  सामान बिक्री बितरण गरेको पाइएकोेले वीरगञ्ज वडा न १५ पर्सा स्थित जय माता दी ट्रेडर्स ५० हजार रुपैया जरिवाना गरेको हो । 

 


इजजातमा कवाडीको काम गर्ने उल्लेख छ तर जस्तापाता लगायतका समान बिक्री बितरण भएको पाइएकोले दण्डीत गरिएको अनुगमन टोलीका प्रमुख णिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय पर्साका निमित्त प्रमुख जीत बहादुर भण्डारीले जानकारी दिनु भयो । 

 


उपभोक्ता सँरक्षण ऐन,२०७५ को दफा ३८ को ट बमोजिम कसुर गरिएकोले सोही ऐन को दफा ३९ को घ बमोजिम पचास हजार  तत्काल जरिवाना गरिएको उहाँले बताउनु भयो  ।

 


उत रकम सात दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा दाखिला गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालय का सूचना अधिकारी दिलिप खंग खत्वे ले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.