logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तीन अध्यादेश जारि

      5/29/2021 गते 00 00 मा प्रकाशित     610   पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारि गर्नु भएको छ । राष्ट्रपतिले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गर्नु भएको हो  ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकएल आगामी आर्थिक वर्ष ७८र७९ को वार्षिक बजेट पारित गर्दै बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहि अनुसार राष्ट्रपति अध्यादेश जारी गनुृ भएको हो ।   

राष्ट्रपतिले अध्यादेश जारी गरेसंगै अब अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  बजेट सार्वजनिक गर्नुहुनेछ।    संसद नभएकोले सरकारले अध्यादेश मार्फत  बजेट ल्याउने लागिएको हो ।  

कोभिडको दोस्रो लहरको बेला ल्याउन लागिएको बजेटको प्राथमिकतामा स्वास्थ्य र आर्थिक पुनरुत्थानसँग जोडिएका बिभिन्न कार्यक्रम रहेका छन्। स्वास्थ्यसँग जोडिएका क्षेत्रमा नयाँ अस्पताल निर्माणदेखि स्वास्थ्य सामग्री उत्पादन तथा खरिदमा छुट र सहुलियतका व्यवस्था उल्लेख छ। 

त्यस्तै कोभिड १९ को लकडाउनका कारण प्रभावित जनजीवन, साना, मझौला तथा ठुला उद्योग व्यवसायहरुलाई पुरानै अवस्थामा फर्काउन र कोभिडबाट प्रत्यक्ष रुपमा प्रभावित होटल, यातायात तथा सेवा र प्रयटनसँग जोडिएका व्यवसायले समेत बजेटमा प्राथमिकता पाउने भएको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.