logo

प्रतिनिधि सभा भंग भएपछि आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने

      5/22/2021 गते 00 00 मा प्रकाशित     534   पटक पढिएको

आगामी आर्थिक ७८/७९ को बजेट अध्यादेशबाट आउने भएको छ । सरकारको सिफारिसमा  राष्ट्रपतिले संसद बिघटन गरे संगै बजेट अध्यादेशबाट आउने भएको हो ।

जेठ १५ गते नै बजेट ल्याउनु पर्ने संवैधानिक ब्यबस्थाले गर्दा अध्यादेशबाट नै बजेट ल्याउनु पर्ने बाध्यता आई  परेको हो । त्यस्तै नीति तथा कार्यक्रम पनि अध्यादेशबाट नै आउने छ । 


 मन्त्रिपरिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको छ ।

 अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन ०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन ०७८ मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको छ   । 

 

संसद बिघठन भएकोले अध्यादेशबाट बजेट आउने भएको हो । यस अघि आर्थिक वर्ष ७०र७१ को बजेट पनि अध्यादेशबाट ल्याईएको थियो । त्यस समय संविधान बनाउन नसकी संविधानसभा बिघटन भएको थियो ।

 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन चुनावी मन्त्रिपरिषद् गठन भएको थियो । पूर्व सचिव शंकर कोइराला अर्थमन्त्री थिए । राम वरण यादव राष्ट्रपति थिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति यादवले बजेट अध्यादेशलाई स्वीकृति दिएका थिए ।  यस अघि २०६९। २०६७, २०६२, २०६१, २०६०, २०५९, २०५२ मा पनि अध्यादेशबाट बजेट आएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.