logo

अक्सिजन सिलिण्डरको उत्पादन परिक्षण सम्पन्न, अब नेपालमै ब्यवसायीक उत्पादन हुने

      5/18/2021 गते 00 00 मा प्रकाशित     581   पटक पढिएको

नेपाल विज्ञान तथा प्रबिधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नया सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको शुभारम्भ गर्नुभएको थियो । 

 


 नाष्टको बैज्ञानिकसंग भएको भेटको क्रममा मन्त्री श्रेष्ठले सिलिन्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिए लगत्तै नाष्टले सफल परीक्षण गरेको हो । अब नेपालले प्रेसर धान्न सक्ने सिलिन्डर उप्तादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिनेछ । नाष्टका प्रबिधि संकाय प्रमुख डा. रविन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिनुभयो ।

 

 

उहाले भन्नुभयो–सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाकी छ , केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसंग छलफल गरी  व्यावयासीक उत्पादन गर्न अनुमति दिनेछौ । 


 उहाका अनुसार नेपालमा पाईने सिलिन्डरको न्युनतम मुल्य करिब १५ हजार पर्नेछ भने नाष्टको प्रबिधि प्रयोग भएको सिलिन्डरको करिब १० हजार भन्दा कम मुल्य पर्नेछ । परीक्षण अवलोकन गर्न नाष्टको मुख्यालय पुग्नुभएका मन्त्री श्रेष्ठले नाष्टका उपकुलपति डा.सुनिलवावु श्रेष्ठ, वैज्ञानिक शंकर ढकाल लगायत सबै टिमलाई धन्यावाद दिनुभएको थियो । 

 


उहाले भन्नुभयो–नेपालका वैज्ञानिकको मेहेनतको कारण गएको कोभिड संक्रमण नियन्त्रण गर्न स्वाब कलेक्सन भ्यान, स्नानीटाइजर, धुनमिल्ने मास्क निर्माण गरेर कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान गर्नुभयो । अब सिलिन्डर तयार गरेर कोरोना संक्रमितको प्राणवायु अक्सिजन भर्ने सिलिन्डर निर्माण गर्ने प्रबिधिको सफल परीक्षण गरेर महत्वपुर्ण काम गर्नुभएको छ । 


  
उहाले अक्सिजन बनाउन प्रयोग हुने जियोलाइटको अभावपुर्ति गर्न सरकार गम्भीर रुपमा लाग्ने बताउनुभयो । मन्त्री श्रेष्ठले नाष्टले अझै धेरै आविष्कार गर्न बाकी रहेको बताउदै त्यसकोे लागि सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समुहले तयार गरेको हो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.