logo

लोकतन्त्रमा जनता अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ  ः प्रम ओली 

      1/26/2019 गते 00 00 मा प्रकाशित     2087   पटक पढिएको

काठमाडौं १२ माघ, विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज विहान नेपाल फर्केपछि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रकाहरुले केही प्रश्न सोधे । ति प्रश्नमा प्रधानमन्त्री ओलीले दिएको जवाफको पूर्ण पाठ ः

 

सम्माननीय प्रधानमन्त्री ज्यू, विश्व मञ्चमा नेपालको छवि एकदम बढेको छ । तपाईं जहाँ जानु हुन्छ त्यहाँ तपाईंको प्रशंसा  भएको छ ।भारत जानु भयो, चीन जानु भयो, अमेरिका जानु भयो, स्वीटजरल्याण्ड जानु भयो तर नेपालको राजनीति बिग्रिरहेको छ ? तपाईं विदेशमा हुँदा एउटा विधयक पारित भएको छ, चिकित्सा शिक्षा विधेयक । यसमा तपाईंसंग गोविन्द केसीको भएको जुन सहमति थियो, त्यसमा तोडमोड गरियो, त्यसलाई पूर्णता कार्यान्वयन गरिएन भनेर गोविन्द केसीले तपाईंको राजीनामा मागिसक्नु भएको छ । र, काँग्रेसले अब सडकदेखि सदनसम्म आन्दोलन गर्ने घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री ज्यू तपाईंले गोविन्द केसीसंग साउन १० गते गर्नु भएको सहमति किन तोड्नु भयो ? सुवास नेम्वाङ यही हुनुहुन्छ । ठ्याक्कै बताइदिनुस् जनता जान्न चाहन्छन् ।

 

पत्रकार ः प्रधानमन्त्री ज्यू मेरो एउटा प्रश्न छ, स्वीट्जरल्याण्डमा रहँदाखेरि सेपीङद फ्युचर अफ डेमोक्रेसीको सत्रमा सम्बोधन गर्नुभयो । त्यसमा चाहिँ तपाईंले अंगिकार गर्नु भएको सुरक्षा र संचार नीतिका विषयमा केही अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाएका छन्  ? 

 

पत्रकारः नमस्कार प्रधानमन्त्री ज्यू, तपाईंचाहिँ नेपालको प्रथम भ्रमण गर्नुभयो । यसको लागि धेरै धेरै धन्यवाद छ, बधाइ छ र नेपालको लागि नयाँ कुरा के के ल्याउनु भएको छ र स्वीस बंैकमा नेपाली ५५ जनाले इलिगल पैसा राखेका छन्, त्यसका बारेमा के के कुरा भयो ?माथि उल्लेख गरिएका प्रश्न सोधिएपछि प्रधानमंत्री ओलीले अरु केही भन्दै जवाफ दिए । 

कुरा लोकतान्त्रिक प्रणालीको 
एउटा त मैले डावोसमा सेपीङ द फ्युचर अफ डेमोक्रेसी अर्थात लोकतन्त्रको भविष्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें त्यस सम्बन्धमा मैले विचार राख्नु भन्दा अगाडि वास्तविकता थाहा नपाएर गलत सुचना वा प्रचारको प्रभावको आधारमा अलिकति स्पस्ट हुन खोजेको हुनसक्छ । र, मैले स्पस्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावना नै थिएन् ।

 

मैले लोकतन्त्रलाई राजनीतिक, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकार सम्पन्न बनाउनु पर्दछ, निर्वाचन मार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ । तर लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सिमित हुदैन् । आ–आफ्ना प्रतिनिधि छान्ने, सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सिमितता होइन्, व्यापकता हुन्छ, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ र सार्वभौमसत्ता सम्पन्न हुन्छ ।

 


प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरे । प्रेस एउटा सम्मानित क्षेत्र हो, जनतालाई सुसुचित गर्ने, शिक्षित गर्ने यस्तो क्षेत्र हो र यस क्षेत्र माथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बन्देज हुनु हुदैन भन्ने कुरा राखें । र, प्रेस अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले प्रेसले त्यही महत्वका साथ जिम्मेवार भूमिका, अरुको अधिकारको सम्मान, सम्मानको पनि सम्मान, अरुका हितहरु प्रति अनुचित ढंगले गलत सुचना दिएर दु्ष्प्रभावित नगर्ने, व्यक्ति, परिवार वा समाजलाई गलत सुचनाबाट हानी नपार्ने, जसलाई एउटा पीत पत्रकारिता भन्ने गरेका छन् । त्यस्तो पीत पत्रकारिता नगर्ने, मर्यादित त्यस्तो प्रेस, त्यस्तो मिडिया आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुईमत रहनु पर्ने न कुनै ठाउँ छ, न त्यहाँ महत्व घटाइएको छ, न स्वाधीनता, स्वतन्त्रता त्यस्ता कुरालाई सिमित वा नियन्त्रण गर्ने कुरा गरिएको छ । त्यसकारण कुनै त्यसमा भ्रम पर्ने कुरा छैन् ।


अर्को यताका कुराहरु भर्खर भर्खर म आज आइपुग्दै छु । यताका कुराहरु मैले अलिक राम्ररी बुझ्नु पनि पर्छ । संवाद गर्नु, संवादबाट समस्याका समाधान गर्नु र तर्क तथ्यमा आधारित हुनु र आवेश उत्तेजनाबाट होइन देशको हितलाई सर्वोपरी राखेर, संविधान, कानुन र संस्थाहरुका मर्यादाहरुलाई सर्वोपरी राखेर । संविधान भन्दा माथि, कानुन भन्दा माथि कोही हुदैनन् । कानुनका नजरमा सबै बराबर छन् र संस्थाहरुको हामीले मर्यादा गर्न सिक्नु पर्दछ भन्ने कुरा छदैछ । र, अरु थप मैले अहिले भन्नु पर्ने जस्तो लाग्दैन् ।


स्वीटजरल्याण्ड बैंकका खाताहरु हेर्न गएको थिइन
अर्को म स्वीटजरल्याण्ड गएको बैंकका खाताहरु हेर्न गएको थिइन । म स्वीटजरल्याण्ड गएको डाभोसमा अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको थिए । यी हल्लाहरुको सम्बन्धमा कति सही ढंगले, कति गलत ढंगले, कति के कारणले उठाइएका छन् । त्यसमा सत्यता कति छ, त्यो समयक्रममा अगाडि आउँछ त्यो । सरकारले संचार माध्यममा आएका कुराहरुको जानकारी लिएको छ ।


 तत्काल डाभोसबाट कुनै फाइदा लिन, कुनै सन्धि सम्झौता गर्नका लागि संसारको कुनै डेलिगेसनपनि गएको हुदैन । त्यहाँ आजका राजनीतिक प्रवृत्तिहरु, आजका आर्थिक प्रवृत्तिहरु, आजका विभिन्न प्रकारका समस्याहरुको सम्बन्धमा छलफल गर्ने, दुनियाँ कहाँ छ, कस्तो अवस्थामा छ, हाम्रा हिजोका नीतिहरु वा निर्णयहरु वा तरिकाहरुको सफलता कति मिल्यो तिनीहरुबाट र अब भविष्यमा हामीहरुले कसरी अगाडि बढ्नु पर्छ ? दुनियाँ कसरी अगाडि जानुपर्छ भन्ने सम्बन्धमा विचार विमर्श गर्ने त्यो थलो हो । त्यसै प्रसङ्गमा हामीले विभिन्न व्यक्तित्वहरु संग भेट्यौं, छलफल गरेको कुरा त परराष्ट्र मन्त्रीजीले राखी सक्नु भयो ।

 

त्यस बाहेक दक्षिण एशियाको अवस्था खुद नेपालको अवस्था दक्षिण एशिया सम्बन्धी हाम्रा दृष्टिकोणहरु, हाम्रा अपेक्षाहरु र हामी कसरी अगाडि बढ्छौ भन्ने संकल्प । त्यसैगरी लोकतन्त्रलाई कसरी बुझ्नुपर्छ अबको समयमा, लोकतन्त्र भनेको शक्तिको प्रर्दशन वा शक्तिको संचय र त्यसको प्रयोग हो कि? लोकतन्त्र भनेको जनताका सार्वभौमसत्ता र जनताका लागि गरिने कामहुन् । त्यसलाई कसरी बुझ्ने, भन्ने विषय र अबको लोकतन्त्र कस्तो हुनुपर्छ भन्ने विषय देखि अबको अर्थतन्त्र । चौथो औधोगिक क्रान्ति र अबको विश्वव्यापार र विश्वव्यापारमा देखा परेका प्रवृत्तिहरु । तिनीहरुको सम्बन्धमा अब कसरी अगाडि बढ्नुपर्छ ? आदि विषयहरुमा गहन छलफल भएका छन् र हामीले ती विषयहरुमा आफ्ना दृष्टिकोणहरु प्रस्तुत गरेका छौ । जुन दृष्टिकोणहरु महत्वपूर्ण छन् । सही छन् । यति भने पुग्छ ।
 नपढी प्रतिक्रिया दिनु बान्छनीय छैन 
मैले सुनेको छु अलिकति तर म भर्खर मात्र आएको छु । नेपाल कस्तो देश हो भने एक पल्ट कोही भट्टराई लडेर घाइते हुनु भएछ, भट्टराई लडेर घाइते भनेपछि त्यस बेला कृष्ण प्रसाद भट्टराईजी प्रधानमन्त्री हुनुहुन्थ्यो ।

 

भट्टराई भन्ने वित्तिकै उहाँलाई बुझिने अवस्था, अब भट्टराई लडेर घाइते भनेपछि धुमधाम भयो, हामी पनि चिन्तित भयौ । के भएछ भनेर बुझ्नु त प¥योे, हतार हतार बुझ्दाखेरि त भट्टराई जीलाई त केही पनि थाहा छैन , भट्टराई त भट्टराई अर्कै भट्टराई पो हुनुहुदो रहेछ ।  तर संकेत के त्यस्तो हुन्छ ।  त्यस कारण अब मिडियामा अस्ति मेरो फोटो समेतको जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईंले पढ्नु भएको होला । यस्ता देशमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन् ।
यसमा धेरै चिन्ता लिइरहनु पर्दैन 
 यसमा धेरै चिन्तित भइरहनु पर्दैन् । कुनै पनि चिजको प्रक्रिया हुन्छ । सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ, अरुको पनि प्रक्रिया हुन्छ । तपाईंहरुले जस्तोएउटा चिन्ता जाहेर गरिराख्नु भएको छ नि, त्यो चिन्ता जाहेर गरिरहनु पर्ने स्थिती छैन् । यत्रो देशमा तीन करोडमान्छे भएका ठाउँमा केही मानिसहरुमा असन्तुष्टिहरु अलिअलि हुन सक्छन्, केहीचित्त नबुझेको हुन सक्छ । यस्तै कुराहरुलाई केही हामीले उधुम अब के के न असन्तुष्ट भयो, अब लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मतमतान्तर जस्ता कुराहरु साधारण हुन् । त्यसलाई त्यस्तै ढंगले, ठिकै ढंगले बुझ्न पर्छ भन्ने मलाई लाग्छ । म साथीहरुलाई धन्यवाद भन्न चाहन्छु 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.