logo

अख्तियार, पत्रकार र जनताले चेक गर, गल्ती भए दण्डीत हुन तयार छु : उम्मेदवार यादव

      11/4/2017 गते ००: ०० मा प्रकाशित     2304   पटक पढिएको

२०२१ सालमा पर्साको प्रसौनीबिर्तामा पिता कारीराउत यादव माता गंगाजली देवी यादवको कोखबाट कान्छो सन्तानको  रुपमा बिचारी यादवले जन्म लिएका हुन । किसान पिताले उनलाई धेर थोर अक्षर चिन्नु पर्छ भन्दै शिक्षालय पठाए । साधारण लेखपढ पछि उनको मन पढाईतिर मात्रै लागेन ।

यादवलाई पढाई लेखाई छाडेपछि  पेशा ब्यवसाय गरेर जीवन निर्वाहको बाटो समात्ने हुटहुटी लाग्यो । श्रमलाई सम्मान गर्ने अन्यायका बिरुद्ध उभिने यादवले काठको मिस्त्रीको पेशा अंगिकार गरे । काठलाई कलात्मक रुपमा बिभिन्न स्वरुप दिने कौशलका धनी यादवलाई समाजलाई पनि भोक रोग गरिवहिन समाजको रुपमा स्थापित गर्ने धोको छ ।

श्रमजीवीका रुपमा काम गर्दै आइरहेका यादवले ०४८ सालमा जनताको मत प्राप्त गरेर जनसेवा गर्ने सोचका साथ प्रसौनी बिर्ता गाविसको उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएर बिजयी भए । ०५४ को निर्वाचनमा गाविसमा अध्यक्षमा पराजित भएका यादवले ०६४ को सम्बिधान सभाको निर्वाचनमा पनि हारकै सामना गर्नु प¥यो । तर जनताकोवीच सहज रुपमा पुग्ने पद प्रतिष्ठको कुनै घमण्ड नगर्ने गरिव परिवारबाट श्रम गर्ने र श्रमजीवी जनतालाई सम्मान गर्ने यादवकोलागि ०७० को सम्बिधान सभाको निर्वाचन भने सुखद रह्यो ।
 

बिचारीलाई “बिचार गरौ” भन्ने नाराले आम मतदातामा एउटा तंरंग ल्यायो । श्रमलाई सम्मान गर्ने श्रमजीवीलाई जनताले एकै पटक सिंहदरवारमा पु¥याए । ४ वर्ष सासद भएका यादव फेरी नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं १ मा सांसदको उम्मेदवार छन । १ छोरी र २ छोराका पिता उनै यादवसंग इसीमाना डट कमले गरेको कुराकानीको सम्पादित अंश - सम्पादक
 

  1. जनताले तपाईलाई सांसद बनाएकै थिए फेरी किन चुनाव लडदै हुनुहुन्छ ?

    जनताले मलाई सासद बनाएको कुरा बिमती राख्नै परेन । पहिलो पटक सासद बनाएका जनताको अपेक्षा र आशा सबै पुरा गर्न सकिएको छैन । मुलुकमा जनताको जनक्रान्तिपछि  आएको परिर्वतनलाई संस्थागत गर्ने काम भएको छ । जनताको त्यो लडाईको बिजयका रुपमा मुलकुमा सम्बिधान जारी भएको छ । त्यो सम्बिधानले नेपाली जनताको सर्वोच्चतालाई सुनिश्चित गरेको छ । हिजो सामन्तवादको हातमा रहेको अधिकार आज नागरिकको हातमा आएको छ । अव त्यो अधिकारको उपयोग गर्दै आर्थिक रुपमा आत्मनिर्भर समाज बनाउने काम अझै बाँकी छ । स्वाधिन अर्थतन्त्रको बिकासका माध्यमले “सबै शिक्षीत सबै स्वस्थ्य, सबै समृद्ध, सबै रोजगारयुक्त” अवस्थाको निर्माणकालागि मैले योगदान गर्ने उद्धेश्यका साथ उम्मेदवारी दिएको छु । र आशा छ पर्सा क्षेत्र नं १ का सबै सार्वभौमसत्ता सम्पन्न नागरिकलेले त्यो जिम्मेवारी फोरी पनि मलाई नै दिनुहुने छ ।
     
  2. तपाईले आफनो पछिल्लो कार्यकालमा के राम्रो गर्नु भयो र जनताले फेरी पनि तपाईलाई जिम्मेवारी दिनु प¥यो ?

    हेर्नुस नागरिकको अपेक्षा र हाम्रो साधन स्रोतका वीचमा सन्तुलन छैन । जसले गर्दा अपेक्षा अनुरुपको केही भएको छैन होला । म आफैपनि अझै यो गर्न पाएको भए हुन्थ्यो भन्नेमा छु । तर हामीसंग जे स्रोत साधन थियो त्यसको सही उपयोग गरेका छौ । मैले निर्वाचन क्षेत्र बिकास अन्र्तगतको कुनै पनि रकमले ‘माटो पुरी ग्राभेल गर्ने’ काम गरेको छैन ।

    मेरो निर्वाचन क्षेत्रको परवानीपुर, हरपतगंज, अपौनी, जगरनाथपुर, मनियारी, प्रसौनी, भवानीपुर, चेर्नी र वेल्वामा पक्की सडकको निर्माण गरेका छौ । क्षेत्र भित्र रहेका  सिद्धार्थ मावि, नृसिंह मावि, श्रीपुरमा रहेको बिद्यापीठ मावि, सुरजी देवी मावि प्रसौनी बिर्ता बेल्वा रतनपुर र बस्डिलवामा रहेको बिद्यालयमा भौतीक पूर्वाधार निर्माणको काम गरेका छौ । गरिब  नागरिकका कोही पनि बालबच्चाहरु शिक्षाको न्यानो ज्योतीबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यले बिद्यालयमा भौतीक पूर्वाधार बिकास र गुाणात्मक शिक्षाकालागि उत्प्रेरणा होस भनेर काम गरिएको हो ।

    मेरो निर्वाचन क्षेत्रमा पर्दैन तर नागरिकको स्वास्थ्यसंग जोडिएको बिषय भएकोले हामीले अर्को काम के ग¥यौ त भन्दा नेपाल रक्त संचार केन्द्र बीरगंजलाई एउटा एम्बुलेन्स हस्तान्तरण ग¥यौं  । बिशुद्ध सेवा भावले दीन दुखीहरुको सेवामा रगतको ब्यवस्था मिलाउदै आएको रक्तसंचार केन्द्रलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने सन्देश दिनकालागि मानवीय सेवामा थप योगदान दिन रक्त संचारकेन्द्रले सकोस भनेर एम्बुलेन्स हस्तान्तरण गरिएको हो । त्यस्तै बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा लाखौको लागतमा अत्याधुनिक जेनरेटर जडान गरेका छौ ।

    बिजुली आपूतीर््मा कुनै समस्या आउन नदिनु हाम्रो उद्धेश्य हो । बिरामीहरुले त्यसबाट सेवा पाउने छन । यो त संसदीय बिकास कोषका नाममा प्राप्त भएको रकमको लगानी मात्र हो । मुख्य त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दस्तावेज सम्बिधान निर्माण भयो । मुलुकमा संघीय संरचनाको अभ्यास हामीले गर्यौ । नागरिकको घरमा अधिकार पुगे । संघीयता अधिकारको जननी पनि हो ।

    यो शक्तिको बिकेन्द्रीकरण मात्र पनि शक्तिको जेनरेशन पनि हो । त्यसकारणले हामीले यो संरचनाको दिगो बिकासको लागि संगतीपूर्ण पद्धतीको बिकास समेत गर्नु पर्नेै भएकोले सामाजिक न्यायको पक्षमा रहने सबै खाले शोषण दमन र उत्पीडनबाट मुक्तिका साथै समृद्धि नेपाल र समृद्ध नेपाली बनाउन नागरिकले मलाई फेरी जिम्मेवारी दिनुहोस भन्ने मेरो आम नागरिकमा अपिल हो ।
     
  3. संसदीय बिकास कोषको पैसाले राम्रै काम गर्नु भएको रहेछ । जनाताले त्यतीकै आधारमा तपाईलाई किन आफनो प्रतिनिधि बनाउने ?

    मैले अघि पनि भने मैले गरेका कामहरु आम नागरिकको अपेक्षालाई पूर्ण गर्न सक्ने खालको छैनन् । यो सत्यबाट म पनि भाग्ने काम गर्दिन । तर सत्य त के हो भने जे प्रयास भयो त्यसमा इमान्दारिता छ । सर्मपण छ  । बितरणमा न्याय छ । हेर्नु पर्ने त यो हो । म निवाचित भएर आएपछि  एउटा कामको शुरुवात गरियो ।

    राज्यले सम्मान दिएका नागरिक जसले सामाजिक सुरक्षा भत्ता पाउनु हुन्थ्यो त्यसका बिषयमा कति कुराहरु समाचारमा पनि आउथ्ये । सचिवहरुले पैसा खाएर भने स्थानीय बिकास अधिकारीको डेलिगेशन जान्थ्यो । म जितेर आएपछि म काहा पनि अग्रज पाका ब्यक्तिहरु जसलाई राज्यले सम्मान गरेको छ । उहाँहरु आएर गुनासो गर्न थाल्नु भयो ।

    हामीले त्यतीवेला सबै सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको कृषि बिकास बैंकमा खाता खोल्ने अभियान चलायौ  सबैको खाता खुल्यो अहिले खातामा पैसा जान्छ । पैसाको सदुपयोग उहाँहरु्रले गर्ने आधार बनेको छ । खातामा पैसा जानेभएकोले अलिकती हेला गर्नेहरुले आफना अग्रजहश्रलाई सम्मान गर्न थालेको छन । सामाजिक सुरक्षा भत्ता हाम्रै पार्टीको ०५१ सालमा मनमोहन अधिकार प्रधानमंत्री हुदाको सरकारले ब्यवस्था गरेको हो १ सयबाट शुरु भएको भत्ता अहिले २ हजारमा पुगेको छ ।

    अर्को संस्कृति तथा पर्यटन बिकासको क्षेत्रमा मठ मन्दीर मस्जिदको संरक्षणमा हामीले काम गरेका छौ । बेल्वा सामुदायिक भवको निर्माण गरिएको छ ।  बिहानीले दिनको संकेत गर्छ भने जस्तै मैले गर्न खाजेका कामहरु जनताको बृहतर हितमा छन  । यो बिहानी हो दिनमा गर्नु पर्ने धेरै छ । इमान निष्ठा र जिम्मेवारी पूर्वक मैले जनताको काम गरेको छु भोली पनि त्यसरी नै काम गर्ने भएकोले त्यो  अवसर मलाई दिनकालागि अनुरोध पनि गर्छु ।
     
  4. होइन तपाईले गरे भनेको काम त कागजमा मिलाइएको न हो ? कागज मिलाएर पैसा खाने काम भयो भन्ने पनि त छ नी ?

    होलान, भन्दैमा हुन्छ र ? मेरो त चुनौती छ अख्तियार, पत्रकार र जनता मिलेर चेक गरौ ,अनुगमन गरौ गलत भएको रहेछ भने दण्डीत हुन तयार छु । तर बिरोधकालागि बिरोध गर्नेहरुको नियत सफा छैन हुदैन भन्ने कुरा बुझन पनि म आम जनतालाई अहिल गर्न चहान्छु ।
     
  5. ४ वर्ष जनताको प्रतिनिधिको रुपमा रहदा तपाईले  के चाही गर्न सकिएन जस्तो लाग्यो ?

    पहिलो त राजनीतिक लडाईबाट प्राप्त अधिकारहरुको संरक्षणको चार वर्षको रुपमा यसलाई हेर्नु पर्छ भन्ने मलाई लाग्छ । बढी ध्यान र समय त्यता लागेकोले रोजगार सृजना,उत्पादन मुलक उधोगको निर्माण वा भनौ न लगानीको बढोत्तरी कृषिको आधुनीकीकरण उद्ययमशीलता बिकासको उचित बतावरण बनाउन सकिएन कि जस्तो लाग्छ ।

    तर राजनीतिको कोर्सलाई ट्रयाकमा ल्याउने कुरा पहिलो बिषय थियो त्यो सफल भएको छ । अवको कोर्स आर्थिक समृद्धिको हो । यो कोर्समा मैले माथि उल्लेख गरेका बिषयमा फोकस भएर काम गरिने छ  । अवको फोकस आर्थिक बिकास सुखी र समृद्ध नेपाल र नेपाली भन्ने नै हुन्छ ।
     
  6. तपाईले मधेश आन्दोलनको मागलाई सम्बोधन गर्न लाइएको सम्बिधान संशोधनको बिपक्षमा रहेर मधेशी बिरोधी काम गर्नु भयो ,तपाईको पार्टी पनि मधेशी बिरोधी हो भनिन्छ तपाई के भन्नुहुन्छ ?

    ठिक सवाल उठाउनु भयो । नेकपा एमालेका अध्यक्ष के.पी.ओली प्रधानमंत्री हुदा मधेशका सबै जिल्ला सदरमुकामको आधुनीकीकरणकालागि पचास करोड,सदरमुकाम सम्म ६ लेनको सडक ,सीमाक्षेत्र बिकास कार्यक्रम  हुलाकी राजमार्ग निर्माणकालागि साढे ४ अर्वको बजेट बिनियोजन । 

    पूर्व–पश्चिम लोकमार्ग निर्माण, हुलाकी राजमार्गको निर्माण, चार लेनस्तरका आधुनिक सडकको निर्माण बृहद् लुम्बिनी चक्रपथ ,तराई र भित्री मधेसमा आधुनिक सिञ्चाईका लागि २ अर्ब ३० करोड विनियोजन,  सु्नकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय सिञ्चाइ आयोजनाको निर्माण गरि सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाहरुको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिञ्चाई गर्ने

    एक प्रदेश एक औद्योगिक क्षेत्रको नीतिको अवलम्बन । लुम्बीनी र निजगढमा अन्तराष्ट्रीय एयरपोर्टको निर्माण ,लुम्बीनी र जनकपुरको बिकासलागि गुरुयोजनाको निर्माण, जनता आवास कार्यक्रम ,एक प्रदेश एक मेडिकल कलेज को अवधारणा अनुरुप बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना, सबै प्रदेशमा पोलिटेक्निक इन्ष्टिच्यूट स्थापना गरिने ।

    राष्ट्रिय परिचयपत्रको वितरण, विपन्न परिवारलाई राज्यसुविधा परिचयपत्र वितरण, मासिक २ सयको बाल संरक्षण अनुदान, दलितसँगको अन्तरजातीय विवाहमा १ लाख र विधवा विवाहमा ५० हजार प्रोत्साहन अनुदानको व्यवस्था सबै एमाले सरकारले गरेको हो । नेपाली सेनामा मधेशी युवाहरुको प्रवेशको ब्यवस्था एमाले सरकारले गरेको हो अनी एमाले मधेश र मधेशी बिरोधी हुन्छ ।

    जाहासम्म सम्बिधान संशोधनको प्स्ताव संसदमा टेवुल भएको बिषय छ । त्यो बिषयसंग हाम्रो पार्टीको बिमती थियो हामी बिरोधमै थियौ । तर जुन दिन टेवुल भयो त्यो दिन सरकारी गठबन्धनका र संशोधनको प्रस्तावको पक्षमा रहेका ४८ जना सासदहरु किन संसद भवनमा गएनन ?

    दुई तिहाईको हाराहारीमा बनेको सरकारले किन प्रस्ताव पास गराउन सकेन ? राप्रपा बिभाजन पछि जव राप्रपाले हेटौडाबाट प्रस्तावको पक्षमा नजाने निर्णय ग¥यो तब मात्र किन प्रस्ताव संसदमा टेवुल भयो । समग्रमा तत्कालीन गठबन्धन नै प्रस्ताव पास होस भन्ने पक्षमा थिएन ।

    त्यसैले नेकपा एमाले मधेशी जनताको बिरोधी होइन असल मित्र हो । दुख सुखमा साथ दिने भरोसमन्द पार्टी हो । तर हामी संशोधनको बिरोधी भने होइनौ । अवको चुनाव पछि बन्ने हाम्रो सरकारले सम्बिधान संशोधन गरेर नमिलेका कुरा छन भने मिलाउने प्रतिवद्धता जनाएको छ ।
     
  7. तर, एमाले अध्यक्ष के.पी.ओली मधेस विरोधी भन्ने खुव स्थापित भएको छ नि त ?  

    मलाई लाग्छ, कतिपय मिडिया जनतासम्म पुगेकै छैन । काठमाडौंमा बसेर एमाले विरुद्ध अभियान चलाउने र शक्तिकेन्द्र धाएर हिंड्ने केही उद्यमीहरुले भनेका कुरा लाई मधेसी जनताका कुरा भनेर प्रचार गरिरहेका छन् । म नढाँटी भन्छु, मधेसी जनताको दवावले नै अहिले मधेशी दलमा रहेका धेरै साथीहरु एमालेमा आउनु भएको छ ।

    पर्सामा पनि धेरै छन पश्चिम नेपालमा ह्रदेश त्रिपाठी,बृजेश गुप्ता लगायतका धेरै छन । आन्दोलन गरेका साथीहरुले आन्दोलनको एजेण्डाले जनतालाई यस्तो दिन्छ भन्न कहिल्यै पनि नसक्ने तर सधैं ओलीले यस्तो बोल्यो भनेर मान्छेको दिमाग तात्ने कुरा मात्रै गरे । मधेसीलाई हेप्यो भनेर प्रचार भयो । आफूलाई हेप्यो भनेपछि सबै संवदेनशील हुन्छन् ।

    त्यसैगरी लहैलहैमा ओलीलाई मधेस विरोधी भनियो । आन्दोलनले के गर्ने भन्ने छैन, ओली मधेस विरोधी हो भन्ने, घृणा फैलाउने काम मात्रै भयो । अव त्यो चल्दै जनताले धेरै कुरा बुझिसके अव मधेसमा विकास गर्ने एजेण्डा भएको पार्टी बलियो हुने दिन आयो जनताको बिश्वास पनि त्यसैले पाउछ त्यो एमाले हो । सिंगो एमाले र एमालेको नेतृत्व मधेश बिरोधी होइन र हुन पनि सक्दैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.