logo

चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन

      3/4/2021 गते 00 00 मा प्रकाशित     1674   पटक पढिएको

वीरगंजमा सम्पन्न सञ्चारकर्मीहरुको भेलाले रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय चलचित्र पत्रकार संघ नेपालको पर्सा शाखा गठन गरेको छ ।

 

गठित कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण, सचिबमा सूर्यनारायण वि।क।, सहसचिबमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादब र एञ्जल चौधरी रहनु भएको छ ।

 

चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय महासचिब समिर बलामीले वीरगञ्जमा नेपाली चलचित्रको बजार अन्य क्षेत्रको भन्दा कम भएको हुँदा यस समितिले चलचित्रको बजार बढाउन सघाउने विश्वास व्यक्त गर्नुभयो ।

 

देशकै आर्थीक एवम् व्यापारिक हबको रुपमा परिचित वीरगञ्जमा चलचित्रका सम्भावनाहरु भएपनि राज्यको नजरबाट उपेक्षामा परेको बताउँदै यहाँका कलाप्रतिभा तथा संस्कृतिको प्रवद्र्धन एवम् संरक्षण गर्न संघले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता एवम् होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरी पन्त, ब्रोडकास्टिंग एशोसियसन नेपाल प्रदेश न. २ का संयोजक आरसी यादब, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का इन्चार्ज निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त  गर्नुभएको थियो । कार्यक्रममा सञ्चारकर्मी नवराज फुयालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानको घरमा प्रहरीको छापा

एजेन्सी, । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । तोशखाना काण्डमा खानलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका थिए ।

मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड

मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा “प्रथम मुलुक घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये “शीर्ष दश”भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो ।

भारतको बीबीसीको कार्यालयमा आयकर बिभागले गरेको छापामारीको चर्को बिरोध

भारतको बीबीसीको कार्यालयमा आयकर भिागले गरेको छापामारीको भारतमा चर्को बिरोध भइरहेको छ । त्यहाको बिपक्षीदलले यसलाई केन्द्र सरकारको डराउने,धम्क्याउने रणनीति भन्दै अलोकतानित्रक र तानाशाही रबैया भनेको छ ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

बालसुधार गृहको इन्सेक मधेशद्वारा अनुगमन, एउटै कोठमा २० जना बस्न बाध्य

वीरगंज /वीरगंज महानगरपालिकामा रहेको मधेश प्रदेशको एक मात्र बालसुधारगृह अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मधेश प्रदेश कार्यालयका प्रमुख राजु पासवानले अनुगमन गरेका छन ।

स्व.नरेश सर्राफको स्मृति पत्रकारिता पुरस्कार पत्रकार सिंहलाई दिइने

वीरगञ्ज । पत्रकार स्व.नरेश सर्राफको स्मृतिमा स्थापित पुरस्कार पत्रकार राजेन्द्र सिंह राजपुतलाई दिने निर्णय भएको छ । नेपाल पत्रकार महासंघ पर्साको शनिवार सम्पन्न बैठकले स्व. नरेश स्मृति पुरस्कार सिंहलाई प्रदान गर्ने निर्णय गरेको हो ।

खेलकुद

वीरगंजमा भाटभटेनीको शुभारम्भ,उपभोक्ताको उपभोग गर्ने बानीमा परिर्वतन आउने , मध्यतराईवासीमा खुशी

वीरगञ्ज । २ अर्व ५० करोडको लागतमा वीरगंज महानगरपालिकाको वडा नं १४ बहुवरीमा निर्माण भएको सुपर मार्केट भाटभटेनीको २४ र्आैं शाखा संचालनमा आभएको छ ।

गृहनगरमा आरिफ र आसिफलाई सम्मान, पिता शेख भन्छन मेरा दुई छोरा देशकै छोरा भए

वीरगन्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले स्वागत गर्दै सम्मानित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.