logo

तीन दिनमा बागीको कमाई त्रिपन्न करोड

      3/10/2020 गते 00 00 मा प्रकाशित     3089   पटक पढिएको

बीरगंज २७ फाल्गुण ।
अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ ले सिनेमा घरमा आफ्नो उपस्थिति जनाइसकेको छ र दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहमद खानले निर्देशन गरेको यो एक्सन प्रधान फिल्मले २०२० को ओपनिङ डेमा सबैभन्दा धेरै कमाई गर्दै रेकर्ड बनाएको छ । कोरोना भाइरसको त्रासको बावजूद पनि फिल्मले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको तेस्रो दिने कमाई सामाजिक सञ्जालमा साझेदार गरेका छन् । तरणका अनुसार, फिल्मको कलेक्सनमा दुई कुराको निकै ठूलो असर परेको छ । पहिलो कोरोना भाइरस र दोस्रो एग्जामिनेसन । यद्यपि, यसको बावजूद पनि फिल्मको कमाई आकर्षक छ । फिल्मले ओपनिङ डेमा १७ करोड ५० लाख र शनिवार १६ करोड ३ लाख छापेको थियो ।
 
विकेन्डको कुरा गर्ने हो भने आइतवार फिल्मले कमाईमा ठूलो उछाल कायम गरेको छ । फिल्मले तेस्रो दिन २० करोड ३० लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विस्ट गर्दै जानकारी दिएका छन् । यो हिसाबले फिल्मको तीन दिने कमाई कूल ५३ करोड ८३ लाख भएको छ । फिल्मले जुन अवस्थामा कमाई गरिरहेको छ त्यो हिसाबले फिल्म ‘बागी ३’ को कमाई ठूलो मानिएको छ । 
 
फिल्ममा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन् । ‘बागी ३’, ‘बागी’ को तेस्रो सिरिज हो । फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौश‍िक, चंकी पाण्डे, नोरा फतेहीलगायतको अभिनय छ । फिल्ममा रितेश पुलिस अफिसरको भूमिकामा छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.