logo

ए मेरो हजुर ४ टिमको होली सामान्य

      3/10/2020 गते 00 00 मा प्रकाशित     2113   पटक पढिएको

काठमाण्डौ २७ फाल्गुण ।
चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको त्रासले यस वर्षको होली विगतको जस्तो रमाइलो छैन । अघिल्ला वर्षहरुमा होलीको दिन सडक गल्लीहरुमा रंगले रंगिएका मानिसहरुको घुइँचो हुन्थ्यो । तर, यसपाली होली खेल्नेहरुको संख्या निकै कम छ । कोरोनाका कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र होली नखेल्न आग्रह गरेपछि यस वर्षको होली भिडभाडमुक्त भएको हो।
 


यस वर्षको होली नेपाली फिल्मकर्मीहरुका लागि पनि नरमाइलो बनेको छ । हरेक वर्षको होलीमा राजधानीका विभिन्न ठाउँमा जम्मा भएर फिल्मकर्मीहरुले एकअर्कालाई रंग दलेर खुसी साटासाट गर्ने गर्दथे । तर, यसपटक होली खेल्नका लागि फिल्मकर्मीहरुको जमघट भएको छैन ।
 
हाल पोखरामा छायांकन भैरहेको फिल्म ‘ए मेरो हजुर ४’ टिमले पनि सामान्य रुपमा होली मनाएको छ । फिल्मका कलाकार र निर्देशकले एकअर्कालाई अविर दलेर रमाइलो गरेका छन् । निर्माण टिमले सार्वजनिक गरेको तस्विरमा फिल्मका प्रमुख कलाकारहरु अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको अविरले रंगिएको मुहारमा देख्न सकिन्छ ।
 
सुनिल कुमार थापाको निर्माण रहने फिल्मलाई सञ्जय लामाले खिचिरहेका छन् । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा फिल्मको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । फिल्म अर्को वर्षको दशैंको फूलपातीमा प्रदर्शन हुनेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

समाज

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.