logo

अनमोलको ‘क्याप्टेन’ कार्तिक १६ मा आउने

      8/28/2018 गते 00 00 मा प्रकाशित     2398   पटक पढिएको

काठमाण्डौ १२ भदौ । 
गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ पछि दर्शकमाझ सुपरस्टार अनमोल केसी अभिनीत छैटौं फिल्म ‘क्याप्टेन’ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ ।गत  शनिवार सार्वजनिक भएको फिल्मको पोस्टरले फिल्मप्रति झनै कौतुहलता बढाएको छ । 
 
 फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्ममा समेटिएको छ । त्यो सघर्षको कथा क्याप्टेनले बोलने छ ।  
 
दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् । पोस्टर सार्वजनिक भएपनि निर्माण टिमले फिल्मको प्रदर्शन मिति अझै घोषणा गरेको छैन । अहिले उक्त फिल्म कात्तिक १६ मा आउने चर्चा छ ।  
 

फिल्मको गीत चाडै नै रिलीज गर्ने निर्माण पक्षको तयारी रहेको छ । 
 
वितरक मनोज राठीले फिल्मको रिलिज डेटको विषयमा बोल्न चाहेनन् । उनले केही दिनमा सार्वजनिक गरिने गीतमा रिलिज डेट राखिने बताए । क्याप्टेनको सम्पूर्ण छायांकन भने मंगलवार बाट सकिने बताइएको छ ।
 
यस फिल्ममा अभिनेता अनमोलले दुई नव अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.