logo

अनुप र सुरभीको ‘कान्छी आउन’ सार्वजनिक

      7/24/2018 गते 00 00 मा प्रकाशित     2292   पटक पढिएको

बीरगंज, ९ साउन । पछिल्लो समय रोमान्टिक गायकका नामले परिचित गायक तथा संगितकार अनुप तिवारी र सुरभि मिश्राले सफलता अर्को खुड्किला पार गरेका छन् । निर्देशक रणधिर श्रेष्ठद्वारा निर्देशीत भिडियो ‘कान्छी आउन’ सोमबार युट्युवमा सार्वजनिक भएको छ ।

अनुप तिवारी र सुरभि मिश्राको स्वर रहेको गीतलाई संगीत पनि गायक तथा संगीतकार अनुप तिवारीकै रहेको छ । रास प्रोडक्सनको पोस्ट प्रोडक्सनमा निर्माण भएको सुन्दर गीतका लागि ड्रोन क्यामेरा समेतको प्रयोग गरिएको छ । आकाशबाट खिचिएको भिडियोमा निर्देशक तथा ड्रोन अपरेटर समेत रहेका श्रेष्ठले सुन्दर दृश्य भिडियोमा कैद गरेका छन ।

क्यामेराम्यान अच्युत श्रेष्ठले छायांकन गरेको यस भिडियोमा अशोक अर्यान यादव र अम्बिका पुनले अभिनय गरेका छन गीतलाई सोमबार नेपाल टेलिभिजनको एनटिभि प्लस च्यानलबाट बेलुका ५ बजे प्रिमियर गरिएको थियो । प्रिमियर सोमा निर्देशक श्रेष्ठ मोडल यादव लगायतको उपस्थिति थियो ।

बुढासुब्बा म्युजिकले युट्युवमा सार्वजनिक गरेको यस गीतका लागि एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन । स्विमिङ्ग पुल, झलुङे पुल लगायत धेरै सुन्दर स्थानहरुमा खिचिएको भिडियो एकपटक हेर्नै पर्ने बनेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.