logo

सपना चौधरी शनिबार वीरगन्ज आउने

      7/19/2018 गते 00 00 मा प्रकाशित     2149   पटक पढिएको


वीरगन्ज - भारतको प्रख्यात नृत्यांगना एवम् गायिका सपना चौधरी शनिबार वीरगन्ज आउने भएकी छिन् । आनन्द फर्नीचर्स एण्ड आनन्द ट्रेडिङ कन्सर्नको प्रस्तुती र आनन्द ईभेन्ट्स एण्ड सेलिब्रिटी म्यानेजमेन्टको आयोजनामा भोली शनिबार दिउ“सो २ बजेदेखि बेलुका ९ बजेसम्म वीरगन्जको नारायणी रंगशालामा हुने कार्यक्रममा चौधरी लगायतका कलाकारले मनोरन्जनात्मक प्रस्तुती दिने छन् ।
सागर अग्रवाल मेमोरियल ईभेन्ट कार्यक्रममा भारतका प्रख्यात नायिका कायनात अरोरा, हरियाणाकी सपना चौधरी, दिल्लीकी बेस्ट एन्कर मोनी, अंकिता, विशाल साह र मुम्बईकी प्रख्यात डिजे कामयाले मनोरन्जनात्मक धमाका प्रस्तुत गर्ने आयोजकले दाबी गरेका छन् ।

सपना चौधरीले भारतीय टिभी च्यानलको प्रख्यात कार्यक्रम ‘बिग बोस’मा समेत सहभागिता जनाएकी छन् । आयोजक प्रतीक लोहियाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । पर्सा, वारा लगायत भारत विहारबाट पनि उल्लेखनिय दर्शक कार्यक्रममा सहभागि हुने उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.