logo

नायिका एलिना बाँस्कोटा अदालतमा देखिईन्

      7/12/2018 गते 00 00 मा प्रकाशित     1164   पटक पढिएको

वीरगन्ज, २८ असार । मोडेल तथा नायिका एलिना बाँस्कोटा अहिले फिल्म सुटिङमा व्यस्त रहने गरेकी छिन् । सिने जगतमा प्रवेश गरेको कम समयमै आफ्नो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिनाको पछिल्लो फिल्म अदालतमा मुख्य भूमिकामा देखिने भएकी छिन् ।

दिनेश लिङ्देनको निर्देशनमा छायाङ्कन शुरु भएको फिल्म अदालत समाजमा देखिएको विकृति, विसंगति र समस्याहरूलाई समेटेर निर्माण गरिएको नायिका एलिना बाँस्कोटाले बताईन् ।

नायिका एलिनासँग अदालतमा नायक अजय खड्का, शान्ति, मदन, राजकुमार र रुद्र लगायतका कलाकारहरूको मूख्य भूमिका रहनेछ । सामाजिक परिवेशका साथै प्रेम, एक्शन, हाँस्यव्यंग सबै समेटिएको हुँदा परिवारका सम्पूर्ण सदस्यले एकसाथ भरपूर मनोरञ्जन लिन सक्ने छन् ।

नायिका बाँस्कोटाको यसअघि फेरी फेरी, आइ एम क्रेजी, अहिंसा, संजिवनी लगायतको फिल्म तथा टेलिफिल्ममा पनि अभिनय गरेर दर्शकहरूमाझ लोकप्रियता कमाएकी छिन् । एक व्यवसायीको रुपमा पनि स्थापित हुदै गरेकी एलिनाको आफ्नै डग ब्रिडिङ हाउस पनि रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.