logo

शुक्रबार आउँदै अनुपकी सानी नानी

      179   पटक पढिएको

वीरगञ्ज ्रवीरगञ्जका रोमान्टिक गायन क्षेत्रका अर्का प्रतिभाशाली गायक अनुप तिवारीको नयाँ गीत सानी नानीको भिडियो प्रिमियरका लागि तयार भएको छ ।  नायक अशोक आरयन यादवको निर्देशनमा रहेको सो म्युजिक भिडियोको अडियो यस अघि नै सार्वजनिक भईसकेको छ । विगतमा भिडियोमा अभिनय मात्र गर्दै आएका नायक यादवले यसपालि निर्देशनमा पनि हात हालेका छन् । सह निर्देशकमा अचित श्रेष्ठ रहेका छन्  भने क्यामरा र एडिटिङ्ग रन्धिर श्रेष्ठले सम्हालेका छन् । यसैगरि भिडियोमा चर्चित नायक अशोक आरयान यादव र दिपिका शर्माको अभिनय रहेको छ । पुर्ण रुपमा डान्सिङ्ग ट्रयाक रहेकोले यसपालि दि एट्थ काउन्ट डान्स क्लबको डान्सिङ्ग क्रिउलाई सामेल गरिएको छ । सो क्रिउलाई वीरगञ्जको डान्सीङ्गमा प्रसिद्ध नाम प्रमोद महतोले कोरियोगा्रफ गरेका छन् । यसैगरि मेक अपमा दिव्या श्रेष्ठ रहेकी छिन् । सन्तोष रोकायाको शब्दमा रहेको गीत सानी नानीको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने सो गीतमा स्वर अनुप तिवारीले दिएका छन् । 
रोमान्स् र लभ जेनरमा मात्र गीत गाएका गायक तिवारीले पहिलोपल्ट डान्सिङ्ग नम्बरमा स्वर दिएका छन् । यसबाट उनी प्रति आउने दर्शक श्रोताको प्रतिक्रिया हेर्न अझै पनि बाँकी नै छ । 
भिडियोको प्रिमियर शुक्रबार गरिने गायक तिवारीले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

मनोरञ्जन

नविन कटुवालको ‘तिरीमीरी झ्याई ’ सार्वजनिक 

गायक नविन कटुवालको नयाँ गित ‘तिरीमीरी झयाइ ’ सार्वजनिक भएको छ ।

ईश्क मोहब्बत जिन्दाबादको शुभ मुर्हूत सम्पन्न

बीरगंज २३ मंसिर । ईश्क मोहब्बत जिन्दाबाद नामक भोेजपुरी फिल्मको शुभ मुर्हूत आज गहवामाई मन्दिरमा भएको छ ।

संस्कृति जोगाउँदै वीरगन्जका युवा

‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’

नेपाली चलचित्रमा डेब्यु गर्दै युवराज केशरी

वीरगञ्ज विगत ५ वर्षदेखि मोडेलिङ्ग क्षेत्रमा क्रियाशिल रहेका नायक युवराज केशरी चाँडै नयाँ अवतारमा देखिने भएका छन् ।

युवराजको अर्को म्यूजीक भिडियो आउने

बिरगंज२४असाढ/  राजपाका राष्ट्रीय उपाध्यक्ष सरेन्द्र कुर्मीले शनिवार एक समारोहकावीच श्री राधिका मुभी प्रा.लि.को  उदघाटन गरेका छन।

आधा आकाश

महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि

महिलाहरुको अधिकार सुरक्षीत गर्ने बिषयमा नेपालको सम्बिधान र कानून दक्षीण एशियामै सबैभन्दा अग्रस्थानमा रहेको बिज्ञहरुको भनाई छ ।

हाफ म्याराथनमा महतो प्रथम

बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ । वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।

समाज

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

वडा अध्यक्ष तिवारीद्वारा चामल र अण्डा वितरण 

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाका शीतलहर पीडित ८० घरपरिवारलाई वडा अध्यक्ष पवन तिवारीले आफ्नो व्यक्तिगत खर्चमा सेमरा टोलमा पाँच किलो चामल र पाँचओटा अण्डाको दरले ८० घरपरिवारलाई राहत वितरण गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ५ मा विजयी भएका वडा अध्यक्ष तिवारीले लगातारको शीतलहरले जनजीवन प्रभावित हुदै गएपछि वडा नम्बर ५ को सेमरा टोलवासीलाई राहत स्वरुप अण्डा र चामल वितरण गरेका हुन् ।

बीरगंजका चौपाया कालीकामाई गाउँपालिकामा छाडियो

वीरगंजमहानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।

थारु समुदायले भब्य रुपमा मनाए माघी महोत्सव (तस्विरहरु सहित)

सोमबार वीरगञ्जमा थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।

खेलकुद

कबड्डी प्रतियोगितामा  विद्या सदन, कंचनजंघा र गौतम विजयी

वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम माविले विजयी भएका छन् ।

मारु मेमोरियल क्रिकेट प्रतियोगिता हुने 

लायन केशव मारुको स्मृतिमा आयोजना गरिने दोश्रो लायन केशव मारु मेमोरियल इन्टर स्कूल १ दिवसिय क्रिकेट प्रतियेगिताको बुधवार ब्यानर अनावरण गरिएको छ । 

सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जित्यो 

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

वातावरण संरक्षणर सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा -नगर प्रमुख डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले वातावरण संरक्षण र सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा रहेको बताएका छन् । 
Editor in chief

K.C. Lamichhane

kc@esimana.com

For Advertisement

Nabin Karki

9845035860

marketing@esimana.com

Contact Us

Simana Media Pvt. Ltd. Shreepur 14, Birgunj

Contact: 9855020497

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.