logo

प्रदेश २ का आठबटै जिल्लामा कोरोना बिरुद्ध खोप लगाइने, मुख्यमंत्री राउतले गृहनगरमा खोप अभियानको शुभारम्भ गर्ने 

इसीमाना सम्वाददाता     वीरगंज,  १२ माघ २०७७   205   पटक पढिएको

प्रदेश सरकारले कोरोना भाइरस बिरुद्धको खोप लागाउने कार्यक्रम प्रदेशका आठबटै जिल्लामा एक साथ शुरु गर्ने भएको छ ।

 

प्रदेशका मुख्यमंत्री लालबाबु राउत गद्धीले आफनो गृहनगर बीरगंजको नारायणी अस्पतालमा कोरोना भाइरस बिरुद्धको खोप अभियानको शुभारम्भ गर्नु हुने छ । 

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले माघ १४ गते आठवटै जिल्लाको सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरु गर्ने निर्णय गरेको हो ।

खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल, जनकपुरधाम र समाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो ।

प्रदेश नं. २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल प्राप्त भएको र सो भाइलहरु भोलिसम्म सबै जिल्लास्थित स्टोरमा पु¥याइने निर्देशक झाले बताउनुभयो ।

पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्रपंतिमा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

स्वास्थ्य

कोभिड बिरुद्धको खोप १८ बाट शुुरु हुने डा. उपाध्यायलाई प्रदेश २ को जिम्मेवारी

कोरोना भाइरस बिरुद्धको खोप सरकारले ढिलोमा माघ १८ बाट लगाउन  सुरु गर्ने भएको छ ।

वीरगन्जमा ४ जना कोरोना संक्रमित थप 

पर्साबाट संकलन गरिएको ४० र बाराबाट संकलन गरिएको २५ वटा स्वाबको गएराति प्रयोगशालामा गरिएको नमूना परीक्षणमा पर्साका ३ जना र रौतहटका १ जनामा मात्रै कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

ठोरीमा परिक्षण प्रयोगशालाको संचालन २९ प्रकारका रोगको परिक्षण हुने

ठोरी गाउँ पालिकाको वडा नं ४ निर्मलवस्तीमा रहेको स्वास्थय चौकीमा आज देखी बिभिन्न रोगको परिक्षण हुने भएको छ ।

वीरगन्जमा ८ जना नयाँ कोरोना भाइरस संक्रमित थप

वीरगन्जमा ८ जना नयाँ कोरोना भाईरस संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको ६७ वटा नमूना स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा पर्साका २, बाराका ४, रौतहटका १ र सुनसरी १ गरी ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

पटेर्वाको गादीमा निशुल्क नेत्र परिक्षण, मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिने 

पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं २ मा मा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

४९ लाख नेपाली सहित दुई भारतीय नागरिक बाराको जोतपुरबाट पक्राउ

स्रोत नखुलेको ४९  लाख नेपाली रुपैया सहित २ जना भारतीयलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीमा एक नाले भरुवा बन्दुक सहित दुई जना पक्राउ

सप्तरी प्रहरीले हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।  

हिन्दु धर्मसंस्कृतिको रक्षाको निम्ती एकजुट सह संघचालक  तिम्लसिनाको अपिल

हिन्दु स्वयंसेवक संघ नेपालको स्वयंसेवक सम्मेलन वीरगन्जमा भव्य रुपमा सम्पन्न भएको छ ।

खेलकुद

प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश 

समता समाज नेपाल निचुटाद्वारा  पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।

प्रथम पटेर्वासुगौली गोल्ड कपमा बीरगंज युनाइडेट बिजयी भोलीको खेल निचुटा र अपौनी बीच हुने

पटेर्वासुगौली वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्ड कपको आजको खेलमा बीरगंज यूनाईटेडले जित हासिल गरेको छ ।

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदै

दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।

व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीको जित 

अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीले जित हासिल गरेको छ । वीरगन्ज भन्सार कार्यालय परिसरमा आज बिहान आयोजित प्रतियोगितामा भन्सार कार्मचारीको टिमलाई नेपाल प्रहरीको टिमले २–० को सोझो सेटमा पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज – १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि. बिरगंज १४, पर्सा।सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.