वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा स्थानिय युवाहरुले खाजा खर्च बाट रंगरोगन गराएका छन् । बिद्यालयमा निर्मित दुई कोठे नयाँ भवन, पर्खाल र मुख्य ढोकालाई स्थानिय युवाहरुले रंगरोग गराएका हुन ।
नेकपा एमाले वडा नं. २६का वडा अध्यक्ष लालबाबु यादव र पत्रकार राकेश साहको बिशेष सक्रियतामा बिद्यालय रंगरोगन गरिएको बिद्यालयका प्र.अ प्रमोद पाठकले बताए । बिद्यालय प्रति स्थानिय युवाहरुको बढदो झुकावले आफु ज्यादै हर्षित भएको बताउदै बिद्यालयको बिकाशमा आफुलाई थप उर्जा मिलेको प्र.अ पाठकले बताए ।
बिद्यालय रंगरोगनमा कुल १५ हजार लागत लागेको र सम्पुर्ण रकम वडा कमिटीका सदस्य र एमाले पार्टीका स्थानिय युवाहरुबाट संकल्न गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए ।
बिद्यालय रंगरोगनमा राकेश साह गोंड, लालबाबु यादव, ,हरेन्द्र यादव,अवधकिसोर कुशवाहा,सुनिता देवी यादव, प्रियांका गोंड, नारायण बढई,हसिना यादव, जगरनाथ दास, अमिका यादव, रामकिसोर सिंह (पराग),,रबिकृष्ण श्रेष्ठ लगायतकाले आर्थिक सहयोग गरि सहयोग गरेका थिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकामा हुदै बग्ने सिर्सिया खोलाको प्रदुषण र परवानीपुरदेखि बिरगंज भन्सार सम्म संचालित उद्योग कलकारखानाको प्रदुषणको विषयमा बिहीबार संसदीय टोलीसँग छलफल सम्पन्न भएको छ ।
समता समाज नेपाल निचुटाद्वारा पटेर्वासुगौली गाउपालिकामा वडा नं ५ निचुटामा संचालित प्रथम पटेर्वासुगौली गोल्डकपमा बसन्तपुर यूनाईटेड चितवन सेमी फाइनलमा प्रबेश गरेका छन।
दोश्रो मेयर रनिङ शिल्ड भोलीदेखि शुरु हुदैछ । वीरगन्ज महानगरपालिकाको आयोजनामा शुरु हुन लागेको दोश्रो मेयर रनिङशिल्ड प्रतियोगिताको उदघाटन प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदघाटन गर्नुहुनेछ ।
तपाईको प्रतिक्रिया