logo

राजधानीमाग्दै पाँचौ दिनपनि रिले अनशन 

      80   पटक पढिएको

वीरगन्ज, २५ पुस । गत शुक्रबार देखि प्रदेश नम्बर २ को प्रादेशिक राजधानी वीरगन्जलाई बनाउनुपर्ने माग गर्दै वीरगन्जमा शुरु भएको रिले अनशन मंगलबार पाचौ  दिन पनि बसेका छन् ।

वीरगन्ज राजधानी संघर्ष समितिको अगुवाइमा घण्टाघर चोकमा जारी रिले अनशनमा पाँचौ दिन मंगलबार मधेसी दलले पनि समर्थन जनाउदै अनशनमा बसेका छन् ।

मंगलबार अधिकांश मधेसी दलका नेता कार्यकर्ताहरु बसेका छन् । रिले अनशनमा संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य फिरोज मन्सुर, नेताहरु शशीकपुर मियाँ, वीेरेन्द्र यादव, सुधिरनाथ पाण्डे, नागेन्द्र यादव, राम अज्ञा कुशवाहा, विकास चौधरी, प्रमोद यादव, पुष्पा पाण्डे, कृष्णा यादव, प्रमोद यादव, रुदल ठाकुर र हरेन्द्र ठाकुर बसेका थिए ।

यसैबीच फोरम नेपालबाट प्रदेशसभा सदस्यमा सिफारिस फोरम नेपालकी नेतृ भीमा यादवले आन्दोलनको समर्थन गरेकी छिन् । उनले मंगलबार घण्टाघरको अनशन स्थलमा पुगेर आन्दोलन प्रति  समर्थन र  ऐक्यबद्धता जनाएकी हुन् ।

सामाजिक संस्था प्रकृतिक सेवा प्रतिष्ठान नेपालले पनि प्रादेशिक राजधानी वीरगंजलाई बनाउन माग राख्दै वीरगन्जमा जारी आन्दोलन प्रति समर्थन जनाएको छ ।

संस्थाका अध्यक्ष जशपाल सिहंले रातिको समयमा अनशनमा बस्ने आन्दोलनकारीहरुलाइ आगो ताप्नका लागि दाउरा सहयोग पनि गरेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

राजनीति

बन्दकर्ताहरुद्वारा वीरगन्जमा दुईवटा गाडीमा तोडफोड 

वीरगन्ज राजधानी संघर्ष समितिले आज आह्वान गरेको बन्दले जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बिहानैदेखि वीरगन्जको विभिन्न चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । सरकारले प्रदेशको अस्थायी मुकाम जनकपुरलाई तोको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गरेको हो । यस्तै बन्दकर्ताहरुले बिहिबार  बिहान दुईवटा गाडीमा समेत तोडफोड गरेका छन् । वीरगन्जको घण्टाघरमा बा १२ च ७३६५  सुजुकी कार र र ना ४ च ८०३१ नम्बर नम्बरको टाटा सूमो बन्दकर्ताहरुले तोडफोड गरेका हुन् ।

घण्टाघरमा बा¥हौ दिनपनि अनशन जारी

प्रदेश नम्बर २ को राजधानी बीरगंजलाई बनाइनु पर्ने माग राखेर शुरु गरिएको रिले अनशन मंगलवार १२ औ दिन पनि जारी छ । 

दशौ दिनको रिले अनशनमा हिन्दु परिषदको सहभागिता

हिन्दू परिषद नेपाल पर्साले आइतवार प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको आन्दोलनमा एक्यबद्धता जनाएको छ । 

सातबुँदे माग राख्दै नेविसंघद्वारा हस्ताक्षर अभियान शुरु 

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले शैक्षिक मुद्दामा विभिन्न सातबुँदे माग गर्दै बिहिबारदेखि वीरगंजको घण्टाघरमा हस्ताक्षर संकलन कार्य शुरु गरेको छ ।

आधा आकाश

महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि

महिलाहरुको अधिकार सुरक्षीत गर्ने बिषयमा नेपालको सम्बिधान र कानून दक्षीण एशियामै सबैभन्दा अग्रस्थानमा रहेको बिज्ञहरुको भनाई छ ।

हाफ म्याराथनमा महतो प्रथम

बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ । वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।

समाज

सोनाम ल्होसारको अवसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना 

तामाङ समुदायको नयाँ बर्ष सोनाम ल्होसारको अवसरमा वीरगन्जमा विभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । टाँसी थर्वालिङ्ग गुम्बा समितिको आयोजनामा शुक्रबार गौतम माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरापालिकाका मेयर विजय सरावगीले पानसमा बक्ति बालेर उदघाटन गरेका थिए ।

वडा अध्यक्ष तिवारीद्वारा चामल र अण्डा वितरण 

पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का वडाका शीतलहर पीडित ८० घरपरिवारलाई वडा अध्यक्ष पवन तिवारीले आफ्नो व्यक्तिगत खर्चमा सेमरा टोलमा पाँच किलो चामल र पाँचओटा अण्डाको दरले ८० घरपरिवारलाई राहत वितरण गरेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ५ मा विजयी भएका वडा अध्यक्ष तिवारीले लगातारको शीतलहरले जनजीवन प्रभावित हुदै गएपछि वडा नम्बर ५ को सेमरा टोलवासीलाई राहत स्वरुप अण्डा र चामल वितरण गरेका हुन् ।

बीरगंजका चौपाया कालीकामाई गाउँपालिकामा छाडियो

वीरगंजमहानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ ।

थारु समुदायले भब्य रुपमा मनाए माघी महोत्सव (तस्विरहरु सहित)

सोमबार वीरगञ्जमा थारु समुदायले भब्यरुपमा माघी महोत्सव सम्पन्न गरेका छन । थारुहरुको नयाँ वर्ष थारु संवत २६४२ तथा माघेसंक्रन्तीको अवसर पारेर वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा माघी महोत्सव गरिएको थियो ।

खेलकुद

कबड्डी प्रतियोगितामा  विद्या सदन, कंचनजंघा र गौतम विजयी

वीरगन्जमा शुक्रबार देखि शुरु भएको दोश्रो अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा दोस्रो दिन विद्या सदन, कंचनजंघा र गौतम माविले विजयी भएका छन् ।

मारु मेमोरियल क्रिकेट प्रतियोगिता हुने 

लायन केशव मारुको स्मृतिमा आयोजना गरिने दोश्रो लायन केशव मारु मेमोरियल इन्टर स्कूल १ दिवसिय क्रिकेट प्रतियेगिताको बुधवार ब्यानर अनावरण गरिएको छ । 

सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जित्यो 

नेपाल एसिसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ। थाइल्यान्डको ट्रेडथाइ मैदानमा आइतबार भएको फाइनलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

वातावरण संरक्षणर सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा -नगर प्रमुख डा. पौडेल

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले वातावरण संरक्षण र सम्वद्र्धन उपमहानगरको प्राथमिकतामा रहेको बताएका छन् । 
Editor in chief

K.C. Lamichhane

kc@esimana.com

For Advertisement

Nabin Karki

9845035860

marketing@esimana.com

Contact Us

Simana Media Pvt. Ltd. Shreepur 14, Birgunj

Contact: 9855020497

info@simana.com, news@esimana.com


© 2017 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.